बेलायतमा पाँच अर्ब पीपीआई हिनामिना « Khabarhub

बेलायतमा पाँच अर्ब पीपीआई हिनामिना


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेरा जाने भएको छ । २ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो ।

ठूलो परिमाणको सामाग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।

स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामाग्री खेरा गएको उल्लेख छ । ‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोड भन्दा बढी सामाग्री किन्न आदेश दिएको थियो । त्यो मध्ये ३ अर्ब ४० करोड इकाईलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामाग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।

उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपर्युक्त छैन् । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’ तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम हिनामिना भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : ३० बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क