बेलायतमा पाँच अर्ब पीपीआई हिनामिना « Khabarhub

बेलायतमा पाँच अर्ब पीपीआई हिनामिना


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेरा जाने भएको छ । २ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो ।

ठूलो परिमाणको सामाग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।

स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामाग्री खेरा गएको उल्लेख छ । ‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोड भन्दा बढी सामाग्री किन्न आदेश दिएको थियो । त्यो मध्ये ३ अर्ब ४० करोड इकाईलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामाग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।

उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपर्युक्त छैन् । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’ तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम हिनामिना भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : ३० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार