काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए « Khabarhub

काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३०८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आजमात्र नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् ।

१७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज ८ हजार २६७ जना डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४१ बजे

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको