काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिए


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९०७ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३०८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आजमात्र नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् ।

१७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज ८ हजार २६७ जना डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४१ बजे

पत्रकार महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट 

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया