एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ दस्ताबेज छैन- एमसीए नेपाल « Khabarhub

एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ दस्ताबेज छैन- एमसीए नेपाल


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धी कुनै दस्ताबेज नलुकाइएको बताएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी एमसीए नेपालले एमसीसीबारे सबै दस्ताबेज संस्थाको वेबसाइटमा रहेको र त्यहाँ उपलब्ध बाहेक अरू कुनै गोप्य दस्ताबे नरहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ ।’

एमसीए नेपालले गोप्य भनिएका कुनै पनि दस्ताबेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ०३ बजे

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर ताने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका