नेप्से दोहोरो अंकले उकालो लाग्यो « Khabarhub

नेप्से दोहोरो अंकले उकालो लाग्यो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

चुनाव हुने आशा बढ्दै गएकोले लगानीकर्ताको मनोबल पनि बढेकोले बजार बढेको बजार जानकार सरोज भट्टराई बताउँछन्। उनले भने, ‘अस्ति ठूलो अंकले बजार बढेको थियो, सोही कारण हिजो करेक्सन आयो । आज बजार सम्हालिएको छ।’

ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेको भन्दै भट्टराईले अहिले बजारमा अल्पकालीन लगानीकर्ताहरु हावी भएको बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक ३.२२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.६१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२९ प्रतिशत, वित्त समूहमा १.४४ प्रतिशत, लगानी समूहमा ०.११ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतको बढोत्तरी आएको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.१८ प्रतिशतको गिरावट आएको छ। व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेको यो दिन होटेल तथा पर्यटन समूहमा ०.०८ प्रतिशत र जीवन बीमा समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको आज अपी पावरको ३५ करोड ७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३४ करोड रुपैयाँ, एचआईडीसीएलको ३० करोड ४ लाख रुपैयाँ, अरुण काबेली पावरको २३ करोड ९९ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २० करोड ४ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १२ करोड ७९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन नेरुडे लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ३ प्रतिशत बढीको गिरावट आएको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : २४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका