नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गर्‍यो « Khabarhub

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गर्‍यो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णय अनुसार समायोजन शुल्क मंगलबारदेखि कार्यान्वयनमा आएको छ ।

कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार टेलिकमले मंगलबारदेखि परिमार्जित महसुल लागू गरेको हो ।

नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महसुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको थियो ।

नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महसुल दर परिमार्जन भई शुल्कमा कमी आउने टेलिमकले जनाएको छ । टेलिकमका अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महसुल दर प्रतिमिनेट १ रुपैयाँ १० पैसामात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ ।

यसका साथै कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुनेछ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : १० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२