नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गर्‍यो | Khabarhub Khabarhub

नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गर्‍यो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णय अनुसार समायोजन शुल्क मंगलबारदेखि कार्यान्वयनमा आएको छ ।

कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधानअनुसार टेलिकमले मंगलबारदेखि परिमार्जित महसुल लागू गरेको हो ।

नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महसुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको थियो ।

नयाँ अन्तर्देशीय अन्तरआबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महसुल दर परिमार्जन भई शुल्कमा कमी आउने टेलिमकले जनाएको छ । टेलिकमका अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महसुल दर प्रतिमिनेट १ रुपैयाँ १० पैसामात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ ।

यसका साथै कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुनेछ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : १० बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा