चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन « Khabarhub

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रद्वारा भयो ।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए । नगरप्रमुख मिश्रले भने, “कोरोना महामारीले अकल्पनीय दुःखद् घटनाको सिर्जना गरायो, कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो, त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा रु एक करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी सुरु गर्न सफल भएका छौँ ।”

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताए । चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उनले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले नगरवासीको भरोसालाई कायम राख्ने उल्लेख गरे । अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने औँल्याएका छन् ।

त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले अस्पतालाई अझ व्यवस्थित गर्दै सबै सेवाको पहुँच पुग्ने गरी विकास गर्नुपर्ने आवश्यकता अझै रहेको बताए । फाउण्डेशनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लाण्ट स्थापना गर्न सफल भएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ४६ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको