बागलुङको सिगाना माविका कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप « Khabarhub

बागलुङको सिगाना माविका कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ । विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । कक्षा ६ देखि १२ सम्मका सातवटा कक्षाकोठामा ४३ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टेलिभिजनमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत डिजिटल माध्यमबाट अध्यापन गराउन सक्ने सिगाना मावि तित्याङले जनाएको छ ।

अहिले ल्यापटपबाट विद्यार्थीलाई अध्यापन गराउने विषयमा शिक्षकले तालिम लिइराखेको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिए । विद्यालयले रु १६ लाख २६ हजार खर्चेर शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको हो । शर्माका अनुसार ६ देखि १२ सम्मका सबै कक्षा कोठामा स्मार्ट टिभी र १२ शिक्षकका लागि ल्यापटप वितरण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजार, बागलुङ नगरपालिका–८ र ९ को रु चार लाख, शिक्षकबाट सङ्कलन गरिएको रु ४९२ हजारबाट स्मार्ट टिभी र ल्यापटप खरिद गरिएको हो । रु तीन लाख ५० हजारमा वैकल्पिक ऊर्जाको समेत व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । रु ८० हजारको ल्यापटपका लागि शिक्षकले रु ४० हजार आफ्नो तर्फबाट खर्च गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने भन्दा गुणस्तर बढाउनेतर्फ ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “विद्यालयमा हाल ३२० विद्यार्थी छन्, यो विद्यार्थीको सङ्ख्या हाम्रोमा घट्दो हो, बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या क्रमशः घट्दै छ तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष खड्काले भने ।

प्राथमिक तहमा समेत डिजिटल माध्यमबाट अध्यापन गराउनका लागि गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु चार लाख बजेट विनियोजन गरेको छ । यस्तै विद्यालयमा प्रविधिको माध्यामबाट अध्यापन गराउनका लागि एसएलसी व्याच २०५२ द्वारा रु दुई लाख २६ हजारसमेत सहयोग भएको थियो ।

माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने विद्यालयको भनाइ छ । विद्यार्थीले अध्ययनका अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयकै जग्गामा केराखेतीसमेत गर्दै आएका छन् । जिल्लाको निसीखोला गाउँपालिकाको प्रभा मावि, काठेखोला गाउँपालिकाको रेश नुन्थला माविमा समेत एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालित छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ११ : ०५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६