को हुन् रुसी आक्रमणको डटेर सामना गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ? | Khabarhub Khabarhub

को हुन् रुसी आक्रमणको डटेर सामना गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ?

हास्य कलाकारको पृष्ठ भूमीबाट आएका युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वतन्त्रता सेनानीका रुपमा संसारभर चर्चामा 



काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यतिबला रुसी सैन्य आक्रमणको डटेर सामना गर्दै विश्वकै ध्यान आफूतर्फ केन्द्रित गरिरहेका छन्। शक्तिशाली रुसी सैन्य अतिक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति  जेलेन्स्कीले गरेको प्रतिरोधको संसारभरबाट प्रशंसा भइरहेको छ।

रुसी आक्रमणबाट डराएर राजधानी किभ नछाड्ने राष्ट्रपति जेलेन्स्कीको अडानले धेरै युक्रेनी माझ प्रिय र वीर पात्रका रुपमा चिनाएको मात्रै छैन रुसी आक्रमणविरुद्ध लड्न थप हौसला पनि थपेको छ । रुसी सेनाले तत्कालै युक्रेनमाथि नियन्त्रणमा लिइहाल्ने र जेलेन्स्की देश छाडी भाग्ने अनुमानविपरीत उनले अन्तिमसम्म युद्ध लड्ने घोषणा गरेसँगै चर्चा चुलिएको हो। 

सन्  २०१९ मे २० बाट युक्रेनको राष्ट्रपतिको कार्यभार समालेका जेलेन्स्की रुसी आक्रमणको सामना गरेदेखि संसारभर लोकप्रिय बनिरहेका छन्। टेलिभिजनको पर्दामा राष्ट्रपतिको हास्य अभिनयबाहेक राजनीतिक अनुभव नभएका जेलेन्स्कीको अडान र साहसले गर्दा भीषण रुसी सैन्य आक्रमणका बाबजुद उनी चर्चाको केन्द्रमा रहन पुगेका हुन्।

हास्यकलाकारबाट राजनीतिमा सफलता हासिल गरेका जेलेन्स्कीलाई धेरैले मजाककै रुपमा लिने गरेका भएपनि रुसी आक्रमणपछि सङ्कटपूर्ण घडीमा निर्वाह गरेको भूमिकाका कारण विश्वसमुदायको समेत प्रशंसाको पात्र बन्न पुगेका छन्। 

सामाजिक सञ्जालहरूमा उनको प्रशंसा गर्दै ‘हाम्रो देशमा पनि यस्तै नेता भएको भए…’ भन्ने किसिमका टिप्पणीहरू पनि भइरहेका छन् । ‘राष्ट्रको रक्षा गर्न चाहने जोकोहीलाई पनि हतियार दिन तयार छौँ । हाम्रा शहरका चोकहरूमा युक्रेनको समर्थन गर्न तयार रहनुहोला ।’ व्यापक रुसी आक्रमणका बीच जेलेन्स्कीले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटै सन्देशमा हजारौं युक्रेनीहरु सडकमा उत्रेका थिए।

रुसी आक्रमणबाट डराएर देश नछाड्ने बरु देशभित्रै मर्ने भनी जेलेन्स्कीले राखेको अडानका कारण उनी देशभित्र र संसारभर निकै चर्चामा छन्। जेलेन्स्कीले रुसी आक्रमण रोक्न सम्पूर्ण जनतालाई सडकमा उतारेका छन्। जेलेन्स्कीको नेतृत्वका कारण युक्रेन शक्तिशाली रुससंग आश्चर्यजनक रुपमा युद्धमा लडिरहेको छ। 

रुसी भीषण आक्रमणसंगै राजधानी किभ रुसी सेनाको नियन्त्रणमा जाने र उनी पक्राउ पर्ने त्रासबीच किभ छाड्न चाहे सहयोग गर्ने अमेरिकी प्रस्तावमा उनको जवाफ थियो – ‘युद्ध चलिरहेको छ, मलाई गाडी होइन, गोलीगठ्ठा चाहिएको छ ।’ 

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी हमलाको प्रतिवाद गर्न आश्वासन होइन हातहतियार र सहयोग गर्न विश्व समुदायलाई अपिल गरिरहेका छन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहँने उनले युक्रेनमा रुसी आक्रमणसँगै दैनिकजसो भिडियो सन्देश जारी गर्ने गरेका छन्। जेलेन्स्कीले रुसी आक्रमणको अन्तिम समयसम्म प्रतिरोध गर्न भन्दै आफै राजधानी किभको चोकमा उभिएर भिडियो सन्देश जारी गर्ने देखी युक्रेनी नागरिकलाई हतियारसहित रुसको प्रतिरोधमा उत्रन भन्दै हतियार बाँडी रहेका छन्। 

 सन् २०१९ मार्च ३१ मा भएको युक्रेनी राष्ट्रपति चुनावको पहिलो चरणको निर्वाचनमा ३९ जना प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी अर्थात ३० दशमलब २४ प्रतिशत मत प्राप्त गरेका थिए। तत्कालीन राष्ट्रपति पेट्रो पोरोसेन्सले जम्मा १५ दशमलब ९५ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् । 

२१ अप्रिलमा भएको दोस्रो चरणको निर्वाचनमा ७३.२२ प्रतिशत मत ल्याएर ठूलो मतान्तरले राष्ट्रपतिमा बिजयी भएसंगै जेलेन्स्की युक्रेनको राजनीतिमा स्थापित भएका थिए।

सन् १९७८ जनवरी २५ मा तत्कालीन युक्रेनी सोभियत गणतन्त्रको क्रिभी रिह शहरमा रुसी भाषी अल्पसङ्ख्यक यहुदी परिवारमा जन्मेका जेलेन्स्कीको पृष्ठभूमि राजनीतिभन्दा धेरै टाढा छ । उनी हाँस्य  कलाकारको पृष्ठभूमिबाट आएका हुन् । १७ वर्षको उमेरबाट नै हास्य क्षेत्रमा प्रवेश गरेका जेलेन्स्कीले सन् २००६ मा डान्स रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ को उपाधि समेत जितेका थिए । 

सन् २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका जेलेन्स्की सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका हुन।

राष्ट्रपति बन्नुअघिसम्म जेलेन्स्की युक्रेनको हाँस्य कलाकार थिए। उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक थिए तर राजनीतिमा कुनै अनुभव थिएन। उनी राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका समेत निभाएर अभियन गरेका थिए। 

उनले आफ्ना सहकर्मीहरुसँग मिलेर टेलिभिजन कार्यक्रम उत्पादनका लागि सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ समुह बनाएका थिए । उक्त समुहले उत्पादन गरेको टेलिभिजन कार्यक्रममा जेलेन्स्कीले आफुलाई विद्यालयको शिक्षकको भूमिकामा अभियन गदैए शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने सन्देश दिएका थिए। 

सन् २०१८ मार्च ३१ म जनताको सेवक नामक पार्टी गठन गरेका जेलेन्स्कीले प्रत्यक्ष प्रसारित टिभी कार्यक्रममार्फत नै आफू राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा गर्दा धेरैले ठट्टा गर्ने गरेका थिए। 

सरबेन्ट अफ द नेशन या जनताको सेबक नामक टेलिसिरियलबाट राष्ट्रपतिको रुपमा आम युक्रेनी जनताको मन जितेका जेलेन्स्कीले यतिबेला रुससंगको युद्ध जारी रहँदा वास्तबिक राष्ट्रपतिको रुपमा आम युक्रेनीको मन जितीरहेका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : ५२ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह