एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा : ठगी धन्धाको पर्दाफास « Khabarhub

एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा : ठगी धन्धाको पर्दाफास


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । 

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

उनले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर, देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताए । 

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले  उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको दाबी पनि गरे । 

‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रुप मात्रै भएको उनको ठहर छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ५६ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको