नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर) « Khabarhub

नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन (फोटो फिचर)


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेकाे छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सेना दिएको मनाएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

यसअवसरमा सेनाले विभिन्न कलाकौशल देखाउनुका साथै हातहतियार प्रदर्शन गरेको छ ।

राइफल तथा तोपबाट बढाइँ कवाज, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकोप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको व्यानरसमेत प्रदर्शनी गरिएको थियो ।

त्यस्तै, समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध

गतिविधि झल्किने झाँकीसमेत प्रदर्शन गरिएको थियो । आकर्षक सैनिक कला फ्रि–फल जम्प गरिएको थियो ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर शहीदहरूप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

समारोहमा राष्ट्रपति भण्डारीले सिपाही वार्षिक–२०७८ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कारसमेत वितरण गरेकी थिइन् ।

समारोहमा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतको उपस्थिति रहेको थियो ।

 

https://www.facebook.com/watch/?extid=NS-UNK-UNK-UNK-IOS_GK0T-GK1C&v=2323071534501211

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ५३ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख