इटाली नहुने विश्वकप खल्लो लागेको छ : फिफा अध्यक्ष इन्फान्टिनो  « Khabarhub

इटाली नहुने विश्वकप खल्लो लागेको छ : फिफा अध्यक्ष इन्फान्टिनो 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इटालियन खेलाडीहरू अनुपस्थित हुने विश्वकप खल्लो हुने बताएका छन् ।

इटाली विश्वकपमा छनौट हुन नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफ्ना लागि यो पटकको विश्वकप खल्लो महसुस हुने बताएका हुन् ।

इटालीको फुटबललाई पछ्याएर हुर्केकाले इटाली छनौट हुन नसक्दा आफूलाई रुन मन लागेको प्रतिक्रिया दिएका छन्। ‘खासमा मलाई रुन मन लागेको छ।’ इन्फान्टिनोले भनेका छन्।

यसअघि रुसमा भएको विश्वकपमा पनि इटालीले खेल्न पाएको थिएन। सन् १९८२ मा इटालीले विश्वकप जित्दा आफू किशोर रहेको र त्यसको झझल्को अझै ताजा रहेको इन्फान्टिनाको भनाइ छ।

‘इटालीका बच्चाहरूले यो पटक राष्ट्रिय टिमले कतारी भूमिमा खेलेको हेर्न पाउने छैनन्। यो कुराले मलाई भावुक बनाउँछ। फेरि विश्वकपको आफ्नै नियम छ। जस अनुसार ३२ देशले मात्रै विश्वकप खेल्न पाउँछन्,’ इन्फान्टिनोले भनेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : २० बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण