पुटिन आफैँले बनाएको पिँजडामा फसेको बेलायती रक्षामन्त्रीको टिप्पणी « Khabarhub

पुटिन आफैँले बनाएको पिँजडामा फसेको बेलायती रक्षामन्त्रीको टिप्पणी


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती रक्षामन्त्री बेन वाल्लेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले बनाएको पिँजडामा फसेको टिप्पणी गरेका छन् । स्काई न्युजसँगको कुराकानीका क्रममा रक्षामन्त्री वाल्लेसले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति पुटिन पहिलेजस्तो शक्तिशाली रहेनन् । उनी अहिले आफैँले बनाएको पिँजडामा छन् ।’

‘उनका सैनिक थकित छन्, उनले ठूलो हानी व्यहोरेका छन् ।’ वाल्लेसले थपे, ‘रुसको विशाल सेनाको प्रतिष्ठा गुमेको छ ।’

युक्रेनको पूर्वी एवम् दक्षिणी भूभागमा आक्रमण गर्नका लागि रुसी सैनिक अहिले पुनर्ताजगी र पुनवर्गीकरणको क्रममा रहेको उनको भनाइ छ ।

पुटिनले युक्रेनमा गरेको आक्रमणको मात्रै नभई रुसी सेनाप्रति गरेको व्यवहारको पनि परिणाम भोग्ने वाल्लेसको टिप्पणी छ ।

उनले अन्तर्राष्ट्रिय साझेदारहरु युक्रेनलाई अझ धेरै सैनिक उपकरण र ‘घातक सहायता’ सहयोग गर्न सहमत भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ४८ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्