युक्रेनी सैन्य हेलिकोप्टरद्वारा रुसी इन्धन डिपोमा आक्रमण « Khabarhub

युक्रेनी सैन्य हेलिकोप्टरद्वारा रुसी इन्धन डिपोमा आक्रमण


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले जनाएका हुन् ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाईमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त डिपोमा आगलागी भएको र दुई कामदार घाइते भएको उनको भनाइ छ ।

यद्यपि उक्त डिपोको स्वामित्व रहेको रुसी कम्पनी रोस्नेफ्टले भने आक्रमणका क्रममा कुनै मानवीय क्षति नभएको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोमा कम उचाइबाट प्रहार गरिएका केही क्षेप्यास्त्रले इन्धन डिपोमा आक्रमण गरेको देखिन्छ । आक्रमण लगत्तै ठूलो आगलागीको दृश्य एवम् धुवाँको कालो मुस्लो उडिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा देखिन्छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता युक्रेनले रुसी भूभागमा आक्रमण गरेको यो पहिलो घटना भएको जनाइएको छ । यद्यपि यस घटनाबारे युक्रेनी रक्षामन्त्रालयले कुनै टिप्पणी नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ४९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु