राजामौलीसँग रिसाएकी हुन् त आलिया ? « Khabarhub

राजामौलीसँग रिसाएकी हुन् त आलिया ?


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केहि दिन यता बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आइरहेको छ ।

फिल्म रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्म ’आरआरआर’ का पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आयो ।

उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । केहि दिन यता आइरहेको यस्तो खबरको बारेमा आलिया बोलेकी छिन् ।

उनले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताएकी छिन् । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ । म सधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन् गर्नु भएको छ’ आलियामा इन्स्टामा स्टोरी शेयर गर्दै लेखेकी छिन् ।

उनले आफूलाई  सिता बन्न् निकै मन लागेको बताएकी छिन् । साथै एन्टीआर र राम चरणसँग काम गर्न पनि उनलाई निकै खुसी लागेको बताएकी छिन् । ’म आरआरआरको सदस्य बन्न पाउँदा नै निकै उत्साहित छु । मैले राजामौली सरको निर्देशनमा काम गर्न पाए । यो नै एउटा एक्सपेरियन्स हो’ आलियाले उल्लेख गरेकी छिन् ।

उनले यो फिल्म बनाउन राजमौली र उनको टिमले धेरै वर्षसम्म मेहनत गरेकाले यससँग जोडेर गलत खबर नफैल्याउन समेत आग्रह गरेकी छिन् । फिल्ममा आलियाले सिताको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको लिड एक्ट्रेस उनि नै भएता पनि उनको दृश्य निकै कम छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : ०१ बजे

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको