रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने पुटिनको धम्की « Khabarhub

रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने पुटिनको धम्की


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरुले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार राष्ट्रपति पुटिनले एक अध्यादेशमा हस्ताक्षर गर्दै ‘शुक्रबारबाट रुसी ग्यासका आयातकर्ता मुलुकहरुले रुसी बैंकमा रुबल मुद्रामा खाता खोल्नुपर्ने’ बताएका हुन् ।

गाजप्रोमबैंक रुसी तेल कम्पनी गाजप्रोमको बैंकिङ विभाग हो ।

‘कसैले पनि हामीलाई सित्तैमा सामान बेच्दैन र हामी पनि कसैलाई दान गरिरहेका छैनौँ यसको अर्थ वर्तमान सम्झौता बन्द हुनेछ ।’ राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले जारी गरेको अध्यादेशअनुसार रुसी ग्यासका खरिदकर्ता मुलुकहरूले रुसको गाजप्रोमबैंकमा खाता खोलेर युरो वा अमेरिकी डलर जम्मा गर्नुपर्नेछ । पछि उक्त बैंकले जम्मा गरिएका युरो र अमेरिकी डलरलाई रुबलमा विनिमय गर्ने र यसैबाट ग्यासको भुक्तानी लिइने छ ।

रुसको सार्वभौमिकतालाई अझ बलियो बनाउनका लागि यस्तो कदम चालिएको पुटिनको भनाइ छ ।

युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिका र अन्य पश्चिमा मुलुकहरु सहित विभिन्न आर्थिक महाशक्तिहरुले रुसी संस्थान एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका कारण रुसको अर्थव्यवस्था चौपट बनेको छ । यद्यपि युरोपेली मुलुकहरूले रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

युरोपमा कूल ग्यास खपतको ४० प्रतिशत र कूल तेल खपतको ३० प्रतिशत रुसबाट आपूर्ति हुने बताइन्छ । यसअनुसार रुसले युरोपमा ग्यास बेचेर मात्रै हरेक दिन ४० करोड युरो कमाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : २१ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’