रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने पुटिनको धम्की « Khabarhub

रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने पुटिनको धम्की


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरुले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार राष्ट्रपति पुटिनले एक अध्यादेशमा हस्ताक्षर गर्दै ‘शुक्रबारबाट रुसी ग्यासका आयातकर्ता मुलुकहरुले रुसी बैंकमा रुबल मुद्रामा खाता खोल्नुपर्ने’ बताएका हुन् ।

गाजप्रोमबैंक रुसी तेल कम्पनी गाजप्रोमको बैंकिङ विभाग हो ।

‘कसैले पनि हामीलाई सित्तैमा सामान बेच्दैन र हामी पनि कसैलाई दान गरिरहेका छैनौँ यसको अर्थ वर्तमान सम्झौता बन्द हुनेछ ।’ राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले जारी गरेको अध्यादेशअनुसार रुसी ग्यासका खरिदकर्ता मुलुकहरूले रुसको गाजप्रोमबैंकमा खाता खोलेर युरो वा अमेरिकी डलर जम्मा गर्नुपर्नेछ । पछि उक्त बैंकले जम्मा गरिएका युरो र अमेरिकी डलरलाई रुबलमा विनिमय गर्ने र यसैबाट ग्यासको भुक्तानी लिइने छ ।

रुसको सार्वभौमिकतालाई अझ बलियो बनाउनका लागि यस्तो कदम चालिएको पुटिनको भनाइ छ ।

युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिका र अन्य पश्चिमा मुलुकहरु सहित विभिन्न आर्थिक महाशक्तिहरुले रुसी संस्थान एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका कारण रुसको अर्थव्यवस्था चौपट बनेको छ । यद्यपि युरोपेली मुलुकहरूले रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

युरोपमा कूल ग्यास खपतको ४० प्रतिशत र कूल तेल खपतको ३० प्रतिशत रुसबाट आपूर्ति हुने बताइन्छ । यसअनुसार रुसले युरोपमा ग्यास बेचेर मात्रै हरेक दिन ४० करोड युरो कमाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : २१ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्