बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने « Khabarhub

बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको नयाँ कार्य समितिको चुनावमा सत्तापक्षीयसम्बद्ध कानुन व्यवसायी र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

२६ औँ केन्द्रीय कार्य समितिका लागि सत्ता गठबन्धन पक्षधर कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्यानेल र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी प्यानेलबीच प्रतिस्पर्धा हुने भएको हो ।

घिमिरे नेतृत्वको समूह ‘बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ । त्यस्तै, अधिकारी नेतृत्वको ‘प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ ।

दुवै पक्षले आफू चुनावमा जित्ने दाबी गरेका छन् ।

घिमिरेले न्यायालयमा देखिएका विकृति र विसंगति शुद्धीकरणमा आफ्नो समूह जुट्ने प्रतिबद्धता जनाएका छन् ।

आफनो समूह हरेक हिसाबले अब्बल रहेको र कानुन व्यवसायीको पेसागत सुरक्षाका लागि काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

त्यस्तै, अधिकारीले आफ्नो समूहले कानुन साक्षरता अभियान चलाउने बताए । उनले प्रत्येक कानुन व्यवसायीले न्यायका लागि अदालत जान नसक्नेलाई निःशुल्क कानुनी सेवा दिने पनि प्रतिबद्धता जनाए ।

एशोसिएशनको चुनाव चैत १९ गते शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ५५ बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे