बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने « Khabarhub

बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको नयाँ कार्य समितिको चुनावमा सत्तापक्षीयसम्बद्ध कानुन व्यवसायी र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

२६ औँ केन्द्रीय कार्य समितिका लागि सत्ता गठबन्धन पक्षधर कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्यानेल र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी प्यानेलबीच प्रतिस्पर्धा हुने भएको हो ।

घिमिरे नेतृत्वको समूह ‘बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ । त्यस्तै, अधिकारी नेतृत्वको ‘प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ ।

दुवै पक्षले आफू चुनावमा जित्ने दाबी गरेका छन् ।

घिमिरेले न्यायालयमा देखिएका विकृति र विसंगति शुद्धीकरणमा आफ्नो समूह जुट्ने प्रतिबद्धता जनाएका छन् ।

आफनो समूह हरेक हिसाबले अब्बल रहेको र कानुन व्यवसायीको पेसागत सुरक्षाका लागि काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

त्यस्तै, अधिकारीले आफ्नो समूहले कानुन साक्षरता अभियान चलाउने बताए । उनले प्रत्येक कानुन व्यवसायीले न्यायका लागि अदालत जान नसक्नेलाई निःशुल्क कानुनी सेवा दिने पनि प्रतिबद्धता जनाए ।

एशोसिएशनको चुनाव चैत १९ गते शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ५५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल