यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन « Khabarhub

यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई रिहा गर्न माग गदै युथ काँग्रेस नेपाल प्रदर्शन गरेको छ । उनको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

उनलाई जेल पुर्‍याउनका लागि युएईस्थित नेपाली दुतावासको हात रहेको आफन्तहरूले आरोप लगाएका छन् । दुबईमा रहेको नेपाली दुतावासलाई लक्षित गर्दै फेसबुकमा टिप्पणी गरेकै कारण युएईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना तिराएर सम्पत्ति जफतसहित देश निकाला गर्ने सजाय सुनाएको थियो । दुई महिना यता पत्रकार पाण्डे जेलमा छन् ।

पाण्डेले गत पौष २४ मा पर्यटन भिसामा रहेका समस्या औँल्याउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको र सोही कारण उनलाई जेल हालिएको युथ कांग्रेसको आरोप छ ।

युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ०३ बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा