दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् । विदेशमन्त्री एस जयशंकरले भेटले नेपाल भारतको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता
भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालय पुगेका छन् । प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरे । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो भारतको नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्ट सहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले देउवाको स्वागत गरेका थिए । 

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने देउवाको विश्वास
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने बताएका हुन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई
प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । 

छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौँदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए । उनले भारत भ्रमण मुलुकको हितमा भ्रमणकेन्द्रित रहने पनि बताए । यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा बितरण गर्ने निर्णय गरेको छ ।यस्तै विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री चुनाव अगाडि भम्रणमा गएको भन्दै एमाले अध्यक्ष ओलीको प्रश्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा प्रश्न उठाएका छन् । आज काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव अगाडि भ्रणमा गएको भन्दै प्रश्न गरे । ओलीले प्रधानमन्त्री स्वदेश फर्किपछि निर्वाचनको बेला भारत भ्रमणमा जानुपर्ने कारणबारे सोध्ने जिकिर गरे । उनले आगामी निर्वाचनमा एमाले एक्लैले जित हासिल गर्ने दावी गरे । 

सुखी नेपाली समृद्ध नेपालको नारा मैलेले नै अघि सारेको हुँः नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुखी नेपाली समृद्ध नेपालको नारालाई केपी ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित केहि विश्व कीर्तिमान हस्तान्तरण कार्यक्रममा खनालले ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा सुखी नेपाली समृद्ध नेपालको नारा धेरै पटक जपेपनि त्यसतर्फ ध्यान दिन नसकेको बताए । उनले एमालेको नवौं महाधिवेशनमा सुखी नेपाली समृद्ध नेपालको नारा आफूले नै अघि सारेको दाबी गरे । 

स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने काङ्ग्रेस नेता सिंहको भनाइ
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए । यस्तै उनले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । 

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन गर्दैनौँः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । आज उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताए । उनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए । 

थप २२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै  सोही अवधिमा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यकामा यस वर्ष पनि घोडेजात्रा पर्व मनाइयो 
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ । त्यहीँ जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो । यसैबीच प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा ललितपुरमा पनि एक्लो घोडा दौडाएर मनाइएको छ । 

एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा ५ जना नक्कली प्रशिक्षार्थी भेटिए
चिकित्सा शिक्षा आयोगको एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन्  । अन्य एकजना परीक्षार्थी नै हुन् ।उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए ।महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेजबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्डफ्लु
चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरामा बर्ड फ्लु भेटिएको हो । यसै गरी भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो । चितवनमा बर्ड फ्लु बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । 

विद्यालय विवरण पठाउन स्थानीय तहलाई निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरूको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न र उक्त फारामको प्रमाणित प्रति इमेल गर्न अनुरोध गरेको छ ।आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आई.ई.एम.आई.एस) मा प्रविष्ट विवरणमा बजेट बिनियोजन प्रयोजनको लागि सत्यापन गर्न जरुरी रहेकोले अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न नेपाल आदिवासी जनजाति महासंघको माग
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो ।पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सुसूचित हुन पाउनुपर्ने माग राखे । 

जनकपुर–जयनगर रेल भोलिदेखि सञ्चालनमा आउने  
जनकपुर–जयनगर रेल  भोलिदेखि सञ्चालनमा आउने भएको छ । नेपालका प्रधानमन्त्री  शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए । 

भारतले फेरि नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो
भारतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।आज प्राप्त मूल्यसूचीअनुसार आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने देखिएको निगमले दाबी गरेको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ ।निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 

यूएईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पत्रकार पाण्डेलाई जेल पुऱ्याउनका लागि यूएईमा रहेको नेपाली दूतावास नै लागिपरेको उनका आफन्तले आरोप लगाएका छन् । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । 

हिमाल सुरक्षा परिषद्का मुख्य नाइके सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेल पक्राउ
सुनसरीमा प्रहरीको ‘मस्ट वाण्टेड’ सूचीमा रहेका हिमाल सुरक्षा परिषद्का मुख्य नाइके सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेल पक्राउ परेका छन् । गत सोमबार राति इटहरीमा भएको बम विस्फोट घटनासँग जोडिएका खरेलसहित प्रहरीले इटहरी २ बस्ने २० वर्षीय रविन थापा, थापाकी आमा आशा ठकुरी भनिने ३२ वर्षीया लक्ष्मीदेवी थापा ठकुरी, लम्जुङको ढोडेनी–७ बस्ने २३ वर्षीय शेरजंग गुरुङलाई  प्रहरीले आज सार्वजनिक गरेको हो । खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पूर्वोत्तर भारतको आसामका बासिन्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ३० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारसँग छलफल

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं– आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको

‘प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता हुनुपर्छ’

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी– शदर यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न

‘पोस्ट मनसुन’को प्रभावले चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल