भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त « Khabarhub

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिनभर व्यस्त रहे ।

आज दिउँसो नयाँ दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

त्यसलगतै देउवा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालय पुगेका थिए । प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए ।


त्यसपछि प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरबीचले भेटवार्ता गरेका थिए ।

देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका थिए । विदेशमन्त्री एस जयशंकरले यो भेटले नेपाल भारतको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

आजै राति प्रधानमन्त्री देउवा दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजमा पनि सरिक भए । भोजमा सम्बोधन गर्दै देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार हुने भेटवार्ता उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए ।

उनले भने, ‘नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहेको छ । समय समयमा आदान–प्रदान हुने उच्चस्तरीय भ्रमणको माध्यमबाट यो सम्बन्धलाई अझ मजबुत एवं फलदायी बनाउन सकिने कुरामा म विश्वस्त छु ।’

देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ०८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक