आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हारपछि नवौं खेलमा जित निकालेको हो ।मुम्बई तालिकाको पुछारमा  छ ।

शनिबार भएको अर्को खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य पाएको गुजरातले ३ बल बाँकीछदा १ सय ७४ रन बनाएर जित तर्दा गरेको हो ।

आईपीएल अन्तर्गत आइतबार साँझ दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : १८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष