श्रम अधिकार कार्यान्वयन गरौँ : सभामुख सापकोटा « Khabarhub

श्रम अधिकार कार्यान्वयन गरौँ : सभामुख सापकोटा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको विश्वास दिलाएका छन् ।

नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उनीहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छन् ।

सभामुख सापकोटाले श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधानसभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हक, अधिकार समावेश भएको जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : २९ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न