‘प्रजातान्त्रिक आन्दोलनमा मजदुर वर्गका भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री राई « Khabarhub

‘प्रजातान्त्रिक आन्दोलनमा मजदुर वर्गका भूमिका महत्वपूर्ण’ : मुख्यमन्त्री राई


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थकरूपमा प्रयोग गर्न सकुन भन्ने बताए। मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आरम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइन्छ ।

विज्ञप्तिमा भनिएको छ ‘सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेपश्चात आज हामी १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छौँ ।’

नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । विसं २००७ मा प्रदेश नं १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको बिगुल फुकेका थिए । मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्यमन्त्री राईले विशेष स्मरण गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ५९ बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु