विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी « Khabarhub

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र कानुनी शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताएका छन् ।

बडादसैँ २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताको मतबाट निर्मित संविधान र कानुनको शासनलाई कमजोर पार्न नहुनेमा जोड दिएका हुन् ।

संविधानमा सुधारको आवश्यकता देखिए संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने उल्लेख गर्दै रेग्मीले असहमतिहरूको समाधान संवाद, संयम र विधिभित्रै खोजिनुपर्ने बताएका छन् ।

उनले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रका कारण मुलुक अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने उनको भनाइ छ ।

यस वर्षको दसैँ प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य पीडितको आँसु पुछ्नु र उनीहरूको जीवन सामान्य बनाउन सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।

उनले राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै आआफ्नो क्षमताअनुसार विपद् प्रभावितलाई सहयोग गर्न सबैमा आह्वान गरेका छन् ।

विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देशको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै रेग्मीले स्वदेशमै सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्यायलाई उनले समृद्ध नेपालको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

विजयादशमी असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीले तडकभडक नगरी सौम्य र निष्ठापूर्वक दसैँ मनाउन आग्रह गर्दै पर्वले आपसी सद्भाव बढाउने, पारिवारिक मिलन गराउने र नयाँ पुस्तामा संस्कृति तथा मूल्य मान्यता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले दुर्गा भवानीले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धिको बाटोमा अघि बढाउन सबैलाई शक्ति प्रदान गरून् भन्ने कामनासहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बडादसैँको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ११ : २४ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा