लोकतन्त्रको उपहास | Khabarhub Khabarhub

लोकतन्त्रको उपहास



देशमा लोकतन्त्रको उपहास भएको छ। संसदमा विधेयक थन्कने, अध्यादेशको बाढी आउने गरेको छ। लोकतन्त्र बोकेका दलमा सिद्धान्त छैन। काँग्रेसले आप्mनो सभापति वाम राजनीतिको पृष्ठभूमिकालाई बनायो भने अचम्म नहुने भएको छ। सिद्धान्त नलिई मिलावटी, मिसावटी राजनीति भएर होला, राप्रपाले सूर्य चिह्नमा अँगालो हालेको देखिन्छ। चितवनमा भरतपुरको मेयर विवादमा एकैपल्ट कंगे्रसका कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरुकै शब्दमा कंग्रेस माओवादीकरण हुँदै गएको, राष्ट्रघाती एमसीसी सम्झौता गरेको, देशका सबै उद्योग कलकारखाना कांग्रेसले निजीकरणका नाममा बेचेको, स्वार्थ केन्द्रित राजनीति गरेको भन्ने आरोप छ।

अघिल्लो चुनावले कंग्रेसलाई प्रतिपक्षमा बस्न दिएको जनादेश। तर, कांग्रेसलाई छिटो सरकारमा जानु परेकोले आफ्नो सिद्धान्तमा नअटाएको हो। पछिल्लो समय चुनाव हारेका राष्ट्रिय सभामा जाने चलन बढेको छ। यसले पनि हाम्रो लोकतन्त्रलाई उपहास भएको हो। लोकतन्त्रमा छोरी, बुहारी, जुवाइँ, ससुरा, सासू, साला, साली, जेठान अनि त्योभन्दा अलि परका नातामा पनि सार्वजनिक पद वितरण भएको र नाता परेन भने झोलाझोली उपहारले पनि पद प्राप्ति हुने गरेको छ। सरकार परिवर्तन हुनासाथ सार्वजनिक पद धरापमा पर्ने गरेका छन्। या त आपैmँ जानेर राजीनामा दिनुपर्छ, या लखेटाइमा परिन्छ अथवा निलम्बन, अदालती केस के के आइलाग्छन्। भ्यूटावर र हेलिकप्टर त लोकतन्त्रको उपहार भइहाल्यो।

शब्दमा कंग्रेस माओवादीकरण हुँदै गएको, राष्ट्रघाती एमसीसी सम्झौता गरेको, देशका सबै उद्योग कलकारखाना कांग्रेसले निजीकरणका नाममा बेचेको, स्वार्थ केन्द्रित राजनीति गरेको भन्ने आरोप छ।

पद गिजोल्न थालेको त धेरै भयो। कंग्रेसले सरकार बनाएपछि कम्युनिष्टले सडकका बार भत्काए, जग हँसाउने गरी देशैभर आन्दोलनको आँधिबेहरी आयो। कांग्रेस सरकारमा आउनासाथ स्थायी निजामती प्रशासनलाई पंगु बनाउन सुरु भयो, कर्मचारी निकालिए, भए भरका कर्मचारी सूर्यको किरणतिर लागे। कंग्रेस सरकारबाट ढलेपछि कम्युनिष्टले थाले पद गिजोल्न। प्रहरी प्रमुख तारो बने। अर्को अभैm कडा कम्युनिष्ट शासनमा आउँदा त सेना नै चलाइदियो। चलाउने क्रमजारी रह्यो, पछिल्लो क्रममा प्रधान न्ययाधीशदेखि राष्ट्र बैंकका गभर्नरसम्म परे। आफ्नो क्यारियरबाट गएकालाई पनि चलाउन थालेपछि सम्पूर्ण राज्य संयन्त्र निस्कृय छ अहिले। राजनीतिक नियुक्तिबाहेक अरु नचलाएको भए हुन्थ्यो वा सबै चलाउने सिष्टम बसाल्ने हो भने सरकार परिवर्तन हुनासाथ एकमुष्ट राजीनामा गर्ने परम्परा बसाउनु राम्रो हुन्थ्यो।

राजनीतिक नियुक्तिबाहेक अरु नचलाएको भए हुन्थ्यो वा सबै चलाउने सिष्टम बसाल्ने हो भने सरकार परिवर्तन हुनासाथ एकमुष्ट राजीनामा गर्ने परम्परा बसाउनु राम्रो हुन्थ्यो।

निजामती प्रशासन, सेना, प्रहरी, संस्था प्रमुख प्रायः क्यारियरबाटै पदासिन हुने स्थानमा सरकार परिवर्तन भए पनि पदासिनहरु परिवर्तन गर्ने प्रथा छैन भारतमा। स्थायी सरकार स्वतः चलिरहन्छ। तर, यहाँ शिक्षक, प्राध्यापक, महाप्रबन्धक, सरकारी कर्मचारी सबैलाई दलले गिजोल्ने अनौठो लोकतन्त्र चलेको छ। लोकतन्त्रमा जिम्मेवारी, अनुशासन, सुशासन, कर्तव्यपरायणता, जवाफदेहिता केही भएन। निरोगी जति नेपालीलाई खाडीमा पठाउने लोकतन्त्रले देशलाई लोकतन्त्रको मन्त्र सिकाएको छ।

देशमा उत्पादन छैन, राजनीतिक रोजगारी मात्र छ। लोकतन्त्र स्थापना भएको ३ दशक बढी भयो, अहिलेसम्म १ हजार जनालाई एकै ठाउँमा रोजगारी दिनसक्ने संस्था खुलेका छैनन्। देशमा नगरपालिकाको ताँती छ। बजेट सुन्दा रिँगटा लाग्छ, त्यहीँ बेरुजु धेरै छ, विज्ञताको अभाव छ र कर्मचारी जान मान्दैनन्। देशलाई चिराचिरा पारिएको छ। लोकतन्त्रले ठूला राजमार्ग बनाएको छैन, कलकारखाना खोलेको छैन, विदेशमा मानिस पठाएको छ, विप्रेषणबाट धनी हुने प्रयास भएको छ। व्यापारघाटा चुलिएको, सार्वजनिक ऋण बढेको, आन्तरिक कर वृद्धि गरेर कार चढ्ने, हेलिकप्टर चढ्ने गरेको अनि सडकका फोहोर नउठाइएको, पानी खुवाउन नसकेको, नेताहरुको सुरक्षा खर्च र विदेश उपचारमा पैसाको खोलै बगाएको, राज्यको ढुकुटीमा अहिले पैसा नभएर सामान आयात गर्न नसक्दा वस्तु आयातमा प्रतिबन्ध लगाउँदा सामानको मूल्य बढेको छ। यसको मार आम जनता थोपरिएको छ।

देशमा उत्पादन छैन, राजनीतिक रोजगारी मात्र छ। लोकतन्त्र स्थापना भएको ३ दशक बढी भयो, अहिलेसम्म १ हजार जनालाई एकै ठाउँमा रोजगारी दिनसक्ने संस्था खुलेका छैनन्।

कृषि प्रधान देशमा मासिक २ खर्बको कृषि सामान आयात हुन्छ। रासायनिक मलको अभाव छ। त्यसैमा राजनीतिको रडाको छ। पानीको धनी देशमा पानीको अभाव, मासिक २ खर्बको विदेशी इन्धन आपूर्ति, आप्mनै मान्छे मोटाउनु पर्ने, शिक्षा र स्वास्थ्य धेरै महँगो भएको आम नागरिकका पीडा अभिभावकका नाताले सरकारले नहेरेको अबस्था छ। लोकतन्त्रमा संसदीय चरित्र देखाउनु पर्नेमा असंसदीय चरित्र देखाइएको छ। भागबण्डाको दौडधुप कहिल्यै रोकिएको छैन।

आम जनजीविकाका विषयमा बहस छैन। बहस केवल सरकारमा जाने, राजदूतलगायत सार्वजनिक पदपूर्तिमा आफ्ना मान्छे पठाउने खेल मात्र भएका छन्। बाटोको खाल्डो उस्तै छ, वर्षामा पहिरो जाने असारे र डोजरे माटो छोप्ने विकास, बनाउना साथ भत्कने पुल, हिलाम्मे र धुलाम्मे सडक, सीमा विवाद चुच्चे नक्सा बुच्चे नक्सामा परिणत देशको दुखान्त कथा र व्यथा धेरै छन्।

यहाँ पर्यटनक १० लाख आउँदा ठूलै होहल्ला, अहिले त कोरोनाले पर्यटन सेवा पनि ओइलाएको छ। हिन्दू तीर्थ एकमात्र संसारको देश नेपाल हो। अनि बौद्ध तीर्थ उद्गमस्थल नेपाल, यहाँ बुद्धिष्ट अलिकति मात्रै आए पनि अर्थतन्त्र कायापलट हुन्छ। तर, हाम्राहरु पचासौँ लाख बाहिर हुँदा रमाउने, घुम्नैका लागि पनि पन्ध्रौँ लाख नेपाली संसारमा जान्छन् तिनले संसारमा नपाउने पाकृतिक हराभरा स्थल यहीँ छ भन्ने बुभ्mन र बुझाउन सकिएको छैन। आन्तरिक पर्यटनबाटै पनि हामीले हाम्रो पैसा बचत गर्न सक्थ्यौँ, जुम्ला र ताप्लेजुङ नपुग्ने नेपालीहरु विदेश घुमेर रमाउँछन्। संसारमा नपाइने सुन्दरता यहाँ छ, कस्तुरीको बास्ना परबाट खोजेझै हामी परतिर अल्मलिएका छौँ अर्थात् सुनको कचौरा लिएर हामी भीक्षा माग्दैछौँ। जनताले लोकतन्त्रमा दिल्लीको १२ बुँदे बिर्से पनि एमसीसी बिर्सेका छैनन्।

आम जनजीविकाका विषयमा बहस छैन। बहस केवल सरकारमा जाने, राजदूतलगायत सार्वजनिक पदपूर्तिमा आफ्ना मान्छे पठाउने खेल मात्र भएका छन्।

यहाँको बेरोजगारी, गरिबी पनि बिर्सेका छैनन्। दुर्बिन लगाएर भ्यूटावरबाट हेर्दा पनि देशमा प्रगति देखिँदैन। स्वार्थमा सबै एक ढिक्का हुने दलको स्वभाव छ। एक दिन अघिसम्म एमसीसी चाहिँदैन भन्ने सबै एक भए। यहाँ दलको झण्डा अलग छ, कार्यालय अलग छन्। साइन बोर्ड अलग छ। चुनाव आयोगमा दर्ता अलग छन्। तर, भागशान्तिमा सबै एकै ढिक्का हुन्छन्। कता भोट हाल्ने कताको नोट बिकाउ हो थाहै हुन्न। गाईले सूर्य चिह्न पाउने, रुखले हँसिया हथौडामा भोट हाल्ने, नीति बिनाको राजनीतिको लोकतन्त्र छ देशमा। राष्ट्रिय अर्थतन्त्र बेखवर छ, युगाण्डा, क्यामरुनले संघीयता धान्न नसकेर ब्याक भए। हामीकहाँ ठूलो हात्ती। तर, दाना छैन कसले दिने। दल नहुँदा निरकुंश भनियो पहिले, अहिले दल हुँदा पनि उस्तै छ, सल्लाहमा भोट हाल्ने भएपछि दल किन चाहियो, आपसी पद बाँडफाँड गर्न दल किन चाहियो ?

अहिले अघिल्लो चुनावका एजेन्डा खोज्नुपर्छ। न मेलम्ची आएको छ, न मेट्रो र मोनोरेल न प्रदूषण नहुने सवारी साधन, न ठूला राजमार्ग न समयमा फोहोर संकलन, न धारामा पानी, न दिल्ली या पन्जाबमा जस्तो धारा बत्ती निःशुल्क। चुनावी घोषणापत्रले के भयो देशमा ? भ्रष्टाचारका जराहरु लामा लामा भए, ल्याइयो तरुल विदेशबाट, नाकको फुली, नाडीका चुरा, गलाका पोते, तिहारका मसला र पटाका, दसैँका मासु, दिनदिनैका सागसब्जी र फलफूल, सियो, सुन, नुन, जनै, बिहानदेखि साँझसम्मका खाना, नाना, छानाका सबै सामान विदेशैबाट ल्याइयो। आयातीत सामान, आयातीत शासन प्रणाली अनि आयातीत भएर देश संकटमा छ। स्वदेशको के अनुशरण गरियो, आत्मरतिमा भन्दा आत्मनिर्भरताका लागि के गरियो ? लोकतन्त्रका नाममा जनतालाई स्पष्ट बुझाउनु पर्ने बेला भएन र अब ?

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ११ : ४८ बजे

सुनको मूल्य स्थिर, चाँदीमा बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा

बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

काठमाडौं–  भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट

मध्यपहाडी लोकमार्ग : समयअगावै पुल निर्माण

खोटाङ– दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल