एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते « Khabarhub

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् ।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन् ।

आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि  एमालेलेलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४१ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन