आचारसंहिता विपरितका प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन | Khabarhub Khabarhub

आचारसंहिता विपरितका प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको सुनाकोठी, ठेचो र चापागाउँ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप छ ।

यी सडकमा नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् । ८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने’ उल्लेख छ ।

ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरू आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली कांग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’

ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरित यसरी प्रचार सामाग्री राख्न नहुने बताइन्,’ भनिन्, ‘आचारसंहिता विपरितका यस्ता प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन दिन्छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : २४ बजे

एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय

न्युयोर्क – अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको

ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित

लाहोर – न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८१ साल माघ २७ गते आइतबार माघ

आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ २७ गते आइतबार माघ

सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ