आचारसंहिता विपरितका प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन « Khabarhub

आचारसंहिता विपरितका प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको सुनाकोठी, ठेचो र चापागाउँ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप छ ।

यी सडकमा नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् । ८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने’ उल्लेख छ ।

ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरू आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली कांग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’

ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरित यसरी प्रचार सामाग्री राख्न नहुने बताइन्,’ भनिन्, ‘आचारसंहिता विपरितका यस्ता प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन दिन्छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : २४ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक