महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति | Khabarhub Khabarhub

महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् । 

 अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरूले  राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरू नछर्न आग्रह गरेका हुन् । 

केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश बस्नेतले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  उनले कलेज कुन कानुनअन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए । कलेजका विद्यार्थीका सर्टिफिकेटसमेत नक्कली भएको दाबीसहितको बस्नेतको अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । 

कार्यक्रममा कलेजका प्राध्यापकहरूले अयोग्य शिक्षकशिक्षिकाहरूले पढाएका विद्यार्थीहरू पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए । प्राचार्य रूपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे । 

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश बस्नेतद्वारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको, तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुटो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । बस्नेत पदीय हिसाबले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ४३ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्