महिला सहकर्मीकै अगाडि पोर्न हेर्ने बेलायती सांसदद्वारा राजीनामा « Khabarhub

महिला सहकर्मीकै अगाडि पोर्न हेर्ने बेलायती सांसदद्वारा राजीनामा


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा संसद्‍मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल परिसले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय परिसले ‘पागलपनको क्षण’ का लागि माफीसमेत मागेका छन् । आफूले संसद्‍मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेको युरोन्युजले जनाएको छ । 

यसअघि उनले उनले झुक्किएर पोर्न भिडियो हेरेको बताएका थिए । उनले बैठकमै पोर्न हेरेको भन्दै दुई महिला सहकर्मीले उजुरी दिएपछि यसबारे छानबिन थालिएको जनाइएको छ ।

विगत १२ वर्षदेखि टिभरटन एण्ड होनिटन निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने उनले राजीनामा दिएपछि सो क्षेत्रमा पुनः निर्वाचन हुने युरोन्युजले जनाएको छ ।

यता सो निर्वाचन क्षेत्रको कन्जरभेटिभ पार्टीले १२ वर्षसम्म सेवा गरेको भन्दै उनलाई धन्यवाद दिएको बताइएको छ । पछिल्लो समय बेलायती संसद्मा भएका यौन दुराचारका घटना बाहिर आउन थालेको युरोन्युजले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : १४ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा