मारिउपोलको औद्योगिक क्षेत्रमा फसेका २० जनाको उद्धार « Khabarhub

मारिउपोलको औद्योगिक क्षेत्रमा फसेका २० जनाको उद्धार


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झन्डै २० जनाको समूह रुसको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको बन्दरगाह शहर मारिउपोलस्थित एजोभस्तल स्टिल कारखानाबाट बाहिर निस्केको छ । रुसी सञ्चारमाध्यमले एजोभस्तल औद्योगिक क्षेत्रबाट २० जनालाई उद्धार गरिएको जनाएका हुन् ।

बीबीसीका अनुसार उद्धार गरिएकाहरुमध्ये अधिकांश महिला र बालबालिका छन् । एक साताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलमा रुसले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोलका अधिकांश क्षेत्रमा कब्जा जमाएपनि रुसी फौजले एजोभस्तल क्षेत्रलाई अझै कब्जा गर्न सकेका छैनन् । एजोभस्तल क्षेत्रमा अझै पनि हजारौँ युक्रेनी सैनिकले रुसी आक्रमणको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानाभित्र अझै फसेका एक हजार जनालाई मुक्त गर्ने बारेमा छलफल भइरहेको बताइएको छ ।

एक साताअघि रुसी सेनाले मारिउपोल कब्जा गरेको घोषणा गर्ने क्रममा राष्ट्रपति पुटिनले आफ्ना सैनिकहरूलाई ‘झिँगा पनि उम्किन नपाउनेगरी’ औद्योगिक क्षेत्रलाई बन्द गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ४७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी