काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी « Khabarhub

काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी गरेकी छिन्। 

नेविसंघ काठमाडौँ जिल्ला समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौँमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन्। 

महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउँदै जनताका लागि काम गर्ने उनको भनाइ छ ।  त्यस्तै उनले काठमाडौँलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन्। 

कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले महानगरको रूपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए। उनले महानगरमा अब देखिने गरि विकास हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४८ बजे

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह