पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वेसँग पराजित « Khabarhub

पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वेसँग पराजित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ क्रिकेट टोलीसँग पराजित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा जिम्बाब्वेले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । जिम्बाब्वेका लागि तडिवानाशे मरुमानीले ५६ र टोनी मुनयोङ्गाले ५० रन बनाए । नेपालका बसिर अहमदले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि मोहम्मद आदिल आलमले नटआउट ४७ र कुशल भुर्तेलले ४६ रन बनाए । आलमले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दैँ ४७ रन जोडे ।

कुशलले ३१ बलमा ८ चौका प्रहार गर्दैँ ४६ रन जोडे । नेपालले र जिम्बाब्वेबीचको दोस्रो टी–ट्वान्टी खेल भने सोमबार हुनेछ ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ टोलीसँग सिरिज खेलिरहेको हो । तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४८ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा