बन्ला त हिन्दी रिमेक ? « Khabarhub

बन्ला त हिन्दी रिमेक ?


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– केही समय अगाडिसम्म साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने प्रचलन बढ्दो थियो । 

यद्यपि पुष्पाको सफलताले त्यसलाई केही हदसम्म रोकेको छ । साउथ इन्डियन फिल्महरू हिन्दीमा रिलिज हुनु र उनीहरूले नर्थ इन्डियामा पनि दर्शक पाउनुले रिमेक कम हुँदै गइरहेको छ । पुष्पाको सफलता पश्चात आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेका छन्। यसैले गर्दा साउथकै रिमेक बच्चन पाण्डे , हिरोपन्ती २ जस्ता फिल्महरू सफल हुन् सकेका छैनन् । 

यसैले गर्दा विजय देवरकोण्डा अभिनीत फिल्म ‘वर्ल्ड फेमस लभर’ को रिमेक बन्ने खबर चर्चामै सिमित छ । फिल्म  ‘अर्जुन रेड्डी’ ले पाएको सफलता मार्फत ‘स्टार’ को ट्याग पाएका अभिनेता विजय अभिनीत फिल्म ‘गीता गोविन्दम’ ले पनि उस्तै सफलता पायो । ‘डियर कामरेड’ मार्फत चर्चा बटुलेका विजय ‘वर्ल्ड फेमस लभर’ लाई बलिउडका हिट मेकर करण जोहरले हेरेपछि रिमेक गर्ने बनाएका थिए ।

‘वर्ल्ड फेमस लभर’ को स्क्रीनप्लेमा केही बदलाव ल्याउँदै फिल्म बनाउने पक्षमा करण पुगेको भारतीय मिडियामा खबर नआएका होइनन् । यद्यपि हालै शहीद कपूर अभिनीत फिल्म ‘जर्सी’ को असफलता पश्चात करणले साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने सम्भावना निकै कम छ । 

उनले पनि अन्य निर्माता झैँ हिन्दी राइट्स खरिद गरेर सेम डेटमा फिल्मलाई दर्शक माझ पुर्‍याउने तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का