भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँको कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण हाल बढ्न थालेको बताइएको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो ।

२४ घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल  राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८ सय ४३ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायता सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायता सक्रिय सङ्क्रमित बढेको पाइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाको समयावधिमा दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार  २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : १४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर