अमेरिकामा फैलिएको डढेलोबाट ९७ हजार एकड जमिनमा क्षति « Khabarhub

अमेरिकामा फैलिएको डढेलोबाट ९७ हजार एकड जमिनमा क्षति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । राज्यको ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

त्यस क्षेत्रभरि हावाको तीव्र वहावका कारण डढेलो फैलिएको बताइएको छ । हावाको तीव्र प्रवाहले डढेलो अनुमान भन्दा छिटो फैलिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

‘यो तीव्रता आज पनि जारी रहनेछ’ सान्टा फे नेसनल फरेस्टका अग्नि नियन्त्रण अधिकारीहरुले जानकारी दिएका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु