अमेरिकामा फैलिएको डढेलोबाट ९७ हजार एकड जमिनमा क्षति « Khabarhub

अमेरिकामा फैलिएको डढेलोबाट ९७ हजार एकड जमिनमा क्षति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । राज्यको ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

त्यस क्षेत्रभरि हावाको तीव्र वहावका कारण डढेलो फैलिएको बताइएको छ । हावाको तीव्र प्रवाहले डढेलो अनुमान भन्दा छिटो फैलिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

‘यो तीव्रता आज पनि जारी रहनेछ’ सान्टा फे नेसनल फरेस्टका अग्नि नियन्त्रण अधिकारीहरुले जानकारी दिएका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।

विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई