हातहतियारसहित रूपन्देहीबाट चार जना पक्राउ « Khabarhub

हातहतियारसहित रूपन्देहीबाट चार जना पक्राउ


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।

रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । 

चारै जनालाई रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४१ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान