हातहतियारसहित रूपन्देहीबाट चार जना पक्राउ « Khabarhub

हातहतियारसहित रूपन्देहीबाट चार जना पक्राउ


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।

रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम बारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । 

चारै जनालाई रूपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक