भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने | Khabarhub Khabarhub

भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ ।

जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले जिल्लाका २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

युवाहरु आत्मनिर्भर र स्वरोजगार भएको खण्डमा उनीहरुले जिल्लाका अरु युवाहरुलाई पनि रोजगारी दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ३२ बजे

महुली लघुवित्तको एफपीओ आजदेखि खुला

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ)

भक्तपुर अस्पतालमा सेवा सञ्चालन विस्तार गरिँदै

भक्तपुर – भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

काठमाडौं – चुरे क्षेत्रमा अब चिउरीका बिरुवा रोप्नका लागि यतिबेला