कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही  « Khabarhub

कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् । 

कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन गरिएको कांग्रेस खोटाङले जनाएको छ । 

गत १२ वैशाखमा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीका तर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको कांग्रेस खोटाङको अनुशासन विभागका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसको उम्मेदवार राजदेश राई विरुद्ध बागी उठेका उम्मेदवारलाई समेत कारबाही गर्ने जनाइएको छ । 

ऐसेलुखर्क गाउँपालिकामा गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारीलाई उम्मेदवार बनाएको अवस्थामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

गठबन्धन दलले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अन्यथा कारबाही गर्ने चेतावनी दिए पनि तामाङले ‘ब्याक’ हुन अस्वीकार गरेका हुन् । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक