टोखाका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा « Khabarhub

टोखाका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन्।

बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । बैठकले विभिन्न विषयगत समिति (आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति) गठन गरेको छ ।

कूल ११ वडा रहेको टोखा साविकका झोर, महाँकाल, टोखा, धापासी र गोँगबु गाउँ विकास समिति मिलेर निर्माण भएको हो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : १० बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय