युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद « Khabarhub

युक्रेनी सहर खेर्सनको सम्पूर्ण सञ्चार विच्छेद


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद भएको र केबलहरु विच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ ।

‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल सञ्चार र इन्टरनेट पहुँचबिना नै छोडिएको छ । साथै, ल्यान्डलाइन फोन उपकरणहरू प्रयोग गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन कल गर्ने कुनै माध्यम छैन’, राज्य सेवाले अगाडि भनेको छ ।

२४ फेब्रुवरीदेखि युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले पछिल्लो समय आफ्नो सम्पूर्ण शक्ति पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । दोनेत्स्क, लुहान्स्कलगायतका क्षेत्रमा रुसी फौज बढिरहेको छ ।

युद्ध अन्त्य गर्न यसअघि भइरहेका वार्ता प्रयास पनि अबद्ध भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताउँदै आएका छन् । तर, क्रेमलिनले यसबारे खासै चासो देखाएको छैन ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ३८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई