लाइभ कन्सर्टमै ढलेका केकेको निधन | Khabarhub Khabarhub

लाइभ कन्सर्टमै ढलेका केकेको निधन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।

उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।

हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन् । झण्डै ७ सय बढी गीत गाएका उनी सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुन् ।

उनका लोकप्रिय गीतमा ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इण्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ५१ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको