साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी - 'तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ' | Khabarhub Khabarhub

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’

पीडितहरुलाई नेपाल फर्काउँछौँ : म्यानपावर



दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो।

त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएर बाहिरिएका तिवारीले पीडितहरूको कोठामा पुगेर धम्क्याए ।

दूतावासको छलफलमा १५-२० दिनमा स्वदेश फिर्ता गर्छु भनेका मेनेजर तिवारीले आफूहरू बस्ने कोठामा आएर  ‘काम गर्ने भए गर, म कम्पनी खोजेर काम लगाइदिन्छु होइन भने मैले नेपाल पठाउँदिन’ भनेको सुनसरीका महमद राम्जान मियाले गुनासो गरे । पीडितहरूले भने एक्जिट र हुरुब लागेकाहरुले काम गर्न नपाउने गरेको सुनाए ।

तिवारीले पटक-पटक आफूहरुलाई राम्रो काम लगाइदिन्छु भनेर झुक्क्याएको भन्दै उनीहरूले तत्काल घर फिर्ता नगरे सामूहिक आत्महत्या गर्ने चेतावनी दिएका छन् ।

अर्का पीडित दीपेश कुमार झाले तिवारीले न्याय माग्न साउदी लेवरकोट जान चुनौती दिएको बताए । काठमाडौँको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीमा रहेको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि कम्पनीमा काम गरिरहेका उनीहरुमध्य ७ जनालाई एक नेपाली गणेश कार्कीले अर्को ठाउँ काम गर्न लगेका थिए । अर्को ठाउँमा लिएका उनले काम नलगाई जेलमा हालेपछि पीडितहरूले काम बन्द गरेका थिए ।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि काम बन्द गरेका उनीहरुलाई कम्पनीले कामबाट निकालिदिएको हो । पीडितहरूले काम गरेको दुई महिना १० दिनको तलब समेत पाएका छैनन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए ।

यसअघि टोकियो म्यानपावरका चेयरमेन सुरिन गौतमले खबरहबसँगको कुराकानीमा आफूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी पठाएको र दूतावासले साउदी लेवरकोटसँग समन्वय गरेर उद्धार गर्ने बताएको जनाएका थिए ।

उनीहरुको उद्धार हुन्छ : मेनेजर तिवारी

पीडितहरूको समस्या समाधान गर्न भन्दै तीन वटै म्यानपावरको नेतृत्व गर्दै साउदी पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीले पीडित युवाहरुको समस्या समाधान गरेर मात्र नेपाल फर्कने बताएका छन् ।

‘उनीहरूले काम बन्द गरेपछि कम्पनीले निकाली दियो, त्यसपछि अलपत्र परे, उनीहरू अलपत्र परेपछि म आफै समस्या समाधान गर्न यहाँ आएको हुँ ,’ मेनेजर तिवारीले खबरहबसँग भनेका छन्,’ चार वटा राम्रो – राम्रो कम्पनी देखाए तर, उनीहरूले काम गर्न मानेनन् अब नेपाल लिएर फर्कन्छु ।’

कम्पनीसँग झगडा गरेर जेल परेका ७ जना नेपाली पनि एक हप्ता भित्र स्वदेश फर्काउने पहल भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ५० बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित