देशका विभिन्न ठाउँमा पाँच जना मृत अवस्थामा फेला  « Khabarhub

देशका विभिन्न ठाउँमा पाँच जना मृत अवस्थामा फेला 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको शिवलय गाउँपालिका–६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा बूढा (शाही) सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो । 

सिरहाको लहान नगरपालिका–७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र पलङमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको सिम्ता गाउँपालिका–६ राकम नजिक रहेको फेरीको लहरामा सल्यान बनगार्ड कुपिण्डेदह नगरपालिका–३ बस्ने ४५ वर्षीया पार्वती कामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ आईतबारे नहरचोक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १२ : ३७ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको