‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले « Khabarhub

‘अब म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्’ : रवीन्द्र मिश्रले


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू ‘खुइलिएको’ भन्दै खुइलाउन खोज्नेहरुलाई शुभकामना दिएका छन्। केहीले प्रत्यक्ष भेटमै आफूलाई नुखुल्याइ राजनीतिक अभिष्ट पूरा नहुने भनेको समेत उनले बताएका छन् । 

सामाजिक सञ्जालमा ’ती (अ) मित्र (हरू) मा समर्पित‘’ भन्दैं उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ’जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईंलाई नखुइल्याईमेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईंहरूको राजनीतिक अभिष्ट पुरा होस्।’

उनले देश आफ्नै जीवनकालमा रूपान्तरण हुने कामना गर्दै त्यस्तो भन्नेहरुलाई शुभकामना दिएका हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै मिश्रले केही दिन अगाडि पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

गत बुधबार एक विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको साधारण मात्र नहनेगरी अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २९ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको