यसरी केकेले पाएका थिए पहिलो गीत ‘तडपतडप के इस दिलसे’ « Khabarhub

यसरी केकेले पाएका थिए पहिलो गीत ‘तडपतडप के इस दिलसे’


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झन्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।

उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।

विज्ञापनमा काम गर्दागर्दै उनलाई‘माचिस’ फिल्मको ‘छोड आए हम वो गलिया’मा काम गर्ने अवसर मिल्यो । गाउन दुई लाईन मात्रै भए पनि विशाल भारद्वाजको फिल्म थियो । त्यसपछि एआर रहमानले फिल्म ‘सपनेमे’ मौका दिए । यद्दपी उनले आफूलाई चिनाउने गीत भने  सन् १९९९ मा ‘हम दिल दे चुके सनम’का लागि ‘तडपतडप के इस दिलसे’ गाए ।

सलमान खान र ऐश्वर्या रायको लभ स्टोरीको चर्चाकै बीच आएको यो गीतले दर्शकको मनमा छुटै स्थान बनायो । ‘सामान्यतया यस्ता गीतका लागि संगीतकारले कुनै राम्रो र सिनियर गायकलाई मात्रै लिन्थे । तर स्माइलले मलाई विश्वास गरे । विश्वास गरेपछि मैले मनले गाए । गीत निकै हिट भयो’ केकेले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन् । यसपछि बलिउडको प्लेब्याक गायनमा केके सबै संगीतकारको प्राथमिकतामा पर्न थाले ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : २९ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको